
काठमाडौं । जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटनका लागि झापामा आयोजित कार्यक्रममा रिसाएका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवन पुगेर माफी मागेका छन् ।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूले बोल्न सुरू गर्नै लाग्दा मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भएको बताउँदै माफी मागेका हुन् ।
‘मैले सुरूआतमात्रै के गरेको थिएँ अलिकति मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो त्यसले मलाई बिझायो नै, त्यो सत्य हो, त्यसलाई सामान्य घटनाकै रूपमा लिन आग्रह गर्छु,’ श्रेष्ठले भने,‘ मैले प्रस्तुत गरेपछि शुभेच्छुक, शुभचिन्तक र आम सर्वसाधारणले पनि त्यसो नगरेको भए पनि हुन्थ्यो । सहेको भए पनि हुन्थ्यो भन्नुभएको छ । जसलाई त्यस्तो नभएको हुन्थ्यो भन्ने परेको छ जसलाई चित्त दुखेको छ। ती सबैप्रति सकारात्मक धारणा राख्दै क्षमा याचना गर्छु।’
























