भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई देशव्यापी बनाउँछौं : प्रचण्ड

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १४, बुधबार ११:३१

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई देशव्यापी बनाउने बताएका छन् ।

त्यसका लागि पार्टीले हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान चलाएको उनको भनाइ छ । भ्रष्टाचार विरोधी र सुशासनको कुरालाई जनताबीचमा लगेर आर्थिक विकास एवं समृद्धिका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान चलाइएको प्रचण्डले बताए ।

हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा विराटनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको सरकार भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले बताएको आरोप दोहोर्याए । प्रचण्डले यो कुरा बारम्बार भनिरहेका छन् ।

आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको उनको दाबी छ । ‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचार विरोधी अभियान सुरु गरेबापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेबापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, प्रचण्डले भने ।

आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरिएको उनको जिकिर छ । त्यसबाहेक अभियानको अर्को उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनताति, मधेशी, थारुको मुद्दा स्थापित गर्नु र राष्ट्रिय एकता सुदृढ गर्नु नै रहेको प्रचण्डले बताए ।

माओवादीले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानको बुधबार तेस्रो दिन हो । झापाबाट सुरु भएको अभियानको दोस्रो दिन माओवादीले मोरङमा खबरदारी एवं जनसभा गरेको थियो ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.