समाजवादीले बनायो ८ सदस्यीय कार्यदल

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १४, बुधबार १८:३९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ८ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलले आन्दोलनको कार्ययोजना बनाउने जिम्मा पाएको छ ।

महासचिव घनश्याम भुसालको नेतृत्वमा पार्टीले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ । पार्टी निर्माणका लागि आन्दोलन गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ ।

आन्दोलनको विस्तृत कार्ययोजना बनाउनको लागि महासचिव भुसालको नेतृत्वमा कार्यदल बनाउने निर्णय बुधबारको सचिवालय बैठकले गरेको उपमहासचिव रामकुमार भट्टराईले बताए । हालै बसेको केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावहरूलाई समेटेर तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरू टुंग्याउने निर्णय भएको उनको भनाइ छ ।

भट्टराईका अनुसार पार्टीका आगामी कार्ययोजना एकताबद्ध भएर अघि बढाउने सहमति बैठकमा भएको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.