बाल संसारको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार ०८:४०

विराटनगर  । विराटनगर–५ मा रहेको बाल संसार बोर्डिङ स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका हरेक विद्यार्थीले प्रस्तुती देखाएका थिए ।

अभिभावकको मायाकै कारण स्कुल प्रगति गर्न सफल भएको प्रिन्सिपल खड्ग राईले बताए । बाल संसारका विद्यार्थी अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको उनले बताए ।

विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले बाल संसारको पठन पाठनसँगै अतिरिक्त क्रियाकलाप राम्रो रहेको बताए । बालबालिकालाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन आवश्यक रहेको बताए ।

वडा कार्यालयले विद्यालयहरूलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गरिएको उनले बताए ।

कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, कोषाध्यक्ष अशोक लामालगायत विभिन्न स्कुलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.