
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ४ किलोग्राम सुनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३ जना महिला र १ जना पुरुष छन् । उज्बेकिस्तानका अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ पक्राउ परेका हुन् । तुर्सुनोभबाहेक अरु महिला हुन् ।
उनीहरुको साथबाट पौने ४ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । उनीहरू फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट नेपाल आएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

























