
विराटनगर । प्रहरीले लागुऔषधसहित सुनसरी र धनकुटाबाट ३ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता वस्तीबाट २६ वर्षीय विवश घिमिरे पक्राउ परेका छन् । ट्रमाडोल १ सय ६० र स्पास्पेन १ सय ६० क्याप्सुलसहित प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
त्यस्तै, धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले सहिदभूमि गाउँपालिका–३ का नेजा राई र आशिष राईलाई पक्राउ गरेको छ । ट्रमाडोल र स्पास्पेन २० ट्याब्लेटसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।

























