एमाले माेरङकाे अधिवेशन शनिबारदेखि, ओलीले उद्‌घाटन गर्ने

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार १८:०६

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनको उद्‌घाटन प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

एमाले मोरङको जिल्ला अधिवेशन शनिबारबाट सुरु हुँदैछ । फागुन १९ गतेसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी लगभग पूरा भएको जानकारी दिए ।

जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको कार्कीले बताए ।

एमालेले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम टुंगो बिहीबार लगाएको हो । अध्यक्ष कार्कीका अनुसार जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्ने अधिकतम प्रयास रहनेछ ।

एमाले मोरङको अध्यक्षमा कार्कीसहित राजकुमार ओझा र अजम्बर राई आकांक्षी देखिएका छन् । नेतृत्व चयन सर्वसम्मत नभए निर्वाचन हुनेछ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.