प्रेस चौतारीको महाधिवेशन विराटनगरमै हुने, मिति चैं सर्यो

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार १९:४२

विराटनगर । नेकपा (एमाले) आबद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमै हुने भएको छ ।

चौतारीले यसअघि नै विराटनगरमा महाधिवेशन गर्ने तय गरेको थियो । तर, स्थान फेर्न सकिने विषयमा पनि छलफल चल्यो । यद्यपि, महाधिवेशन गर्ने स्थान भने परिवर्तन नहुने भएको छ ।

महाधिवेशनको मिति चैं सरेको छ । फागुन २५ देखि २७ गतेसम्म आयोजना गर्ने भनिएको महाधिवेशन चैत १० र ११ गतेलाई सरेको हो ।

प्रेस चौतारीका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गरेर व्यवस्थापनलगायतका प्राविधिक कारणले महाधिवेशनको मिति सरेको जानकारी दिए । पूर्वनिर्धारित समयमा प्रदेश र जिल्लाको अधिवेशन हुन नसकेका कारण महाधिवेशनको मिति सार्नु परेको लामाले बताए ।

चौतारीको १० औं महाधिवेशनलाई उत्सवका रूपमा सम्पन्न गर्न लागिएको उनको भनाइ छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.