विराटनगरबाट हेरोइनसहित ३ जना पक्राउ

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार ०८:४०

विराटनगर । विराटनगरबाट सोमबार अपरान्ह लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १ जना भारतीय नागरिक पनि छन् ।

भारत बिहारको अररिया थाना फारबिसगन्ज–७ का २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर महानगरपालिका–१७ का १९ वर्षीय साइनम गुरुङ र मोरङको लेटाङ नगरपालिका–३ का ४० वर्षीय नवीन तामाङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार भारतको जोगवनीबाट नेपाल छिरेका उनीहरलाई शंका लागेर चेकजाँच गर्दा साथबाट खैरो हेरोइनजस्तो देखिने वस्तु ४०.१४ ग्राम बरामद भएको थियो ।

इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले तीनै जनालाई सोमबार अपरान्ह ४ः३० बजेतिर विराटनगर–१५ स्थित चाइना मार्केटबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मद्दा चलाउने प्रहरीको तयारी छ । इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.