एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार ०६:२४

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ ।

बिहान ७ बजेपछि विराटनगरको होटल मनास्लु इनमा मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतदानका लागि मतपत्र छपाइलगायतका सबै तयारी पूरा भइसकेको छ । मतदान अपरान्ह ४ बजेसम्म चल्ने उनको भनाइ छ । चुनाव सकिएपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना गरेर अन्तिम परिणाम सार्वजनिक गरिने श्रेष्ठले बताए ।

पार्टीको जिल्ला नेतृत्व चयनका लागि हुनुपर्ने निर्वाचन पटकपटक सर्दै आएको छ । एमाले मोरङको १० औं जिल्ला अधिवेशन फागुन १७ गतेदेखि सुरु भएको थियो । सोमबारसम्ममा नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न गर्ने तयारी थियो ।

त्यसपछि मतदानको समय मंगलबारलाई सारियो । उम्मेदवारी दिनेको संख्या धेरै भएको र विविध प्राविधिक समस्या आएको भन्दै निर्वाचन समितिले समयमा मतदान सम्पन्न गर्न सकेन । अर्कोतर्फ सहमतिको प्रयासका नाममा पनि मतदानको समय सार्ने काम भइरहेको थियो ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ६५ सदस्यीय नयाँ जिल्ला समिति चयन हुने छ । जसमध्ये ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका छन् । पदाधिकारीसहित ९४ पदका लागि मतदान हुने छ ।

अधिवेशनका लागि सुरुमा ३ सय २५ जनाले मनोनयन दर्ता गरेका थिए । तीमध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चुनावी मैदानमा १ सय ९१ जना छन् । श्रेष्ठका अनुसार उम्मेदवारी फिर्तादेखि अन्य प्राविधिक विषय मिलाउनलाई समय लागेका कारण निर्वाचन समयमा सम्पन्न हुन सकेन ।

१ पटकमा २० जनाले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी श्रेष्ठले दिए । उम्मेदवार धेरै भएका कारण १ जना मतदातालाई भोट हाल्न १५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ ।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।

इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।

दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.