एमाले मोरङ अधिवेशन : नेतृत्व छान्नका लागि मतदान जारी

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार १२:०३

विराटनगर । नेकपा (एमाले) मोरङ जिल्लाकाे नयाँ नेतृत्व छनाेटका लागि मतदान भइरहेकाे छ । शनिबारबाट विराटनगरमा सुरु भएकाे १० औ‌ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बुधबार बिहानबाट मतदान सुरु भएकाे हाे ।

१६५ सदस्यीय नयाँ जिल्ला कमिटी मध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीसहित ९४ जनाका लागि मतदान भइरहेको हो । चुनावी मैदानमा १९१ जना छन् । 

जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । संस्थापन समूहबाट उपसचिव उम्मेदवार कार्की यसअघि इतर समूहमा थिइन् ।

संस्थापन समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे छन् ।इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् । ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट छन् ।

नयाँ नेतृत्वका लागि ९ सय ११ प्रतिनिधि मतदाता छन् । आज बेलुका ४ बजेसम्म मतदान सक्ने तयारी छ ।  मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.