
विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्वका लागि जारी मतदानमा करिब ५० प्रतिशत मत खसेको छ ।
आज बिहान साढे ९ बजेबाट मतदान सुरु भएको थियो । दिउँसो साढे ३ बजेसम्म ५० प्रतिशत मतदान भएको हो ।
अधिवेशनमा ९११ जना प्रतिनिधि छन् ।
१६५ सदस्यीय जिल्ला कमिटी मध्ये ७१ जना निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदमा मतदान जारी छ । उम्मेदवार धेरै भएका कारण एक जना मतदातालाई मतदान गर्न १५ मिनेट समय लाग्छ ।
मतदानपछि मतगणना भने एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा हुनेछ ।
























