एकीकृत समाजवादीका नेता जबरजस्ती करणी आरोपमा पक्राउ

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २२, बिहीबार ०९:४१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का एक जना नेतालाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ ।

गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङजाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङजाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरी अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.