रिंकु सदा प्रकरण : वडा सदस्यसहित थप ४ जना पक्राउ

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार ११:५३
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर। सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा जबर्जस्ती करणीपछि मृत्यु प्रकरणमा थप ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साह सहित ४ जना छन् ।

उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन् । उनीहरूलाई आज ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रूपेश मण्डल सहित जाहेरीमा नाम नभएका तर पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।

सामूहिक जबर्जस्ती करणीपछि गत माघ ३० गते सदा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.