पसलबाट स्रोत नखुलेको २८ लाखसहित ४ जना पक्राउ 

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार १७:१७

काठमाडौं । कपिलवस्तुको बाणगंगाको एक फेन्सी पसलबाट प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ । 

बाणगंगा नगरपालिका–४ जितपुरमा रहेको के.सी. फेन्सी पसलबाट स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँ नेपाली र ९ लाख भारतीय रुपैयाँ ( १४ लाख ४० हजार नेपाली ) गरी २८ लाख ९० हजार रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ का ३० वर्षीय गोविन्द बिक, मायादेवी गाउँपालिका–८ का ३८ वर्षीय सोमनाथ कसौधन, बुटवल उपमहानगरपालिका–१६ का ४१ वर्षीय वसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ का ४२ वर्षीय शेषनारायण गिरी पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराको टोलीले पसलको ‘अन्डरग्राउण्ड’ मा रहेको कपडाको गोदामबाट पक्राउ परेका हुन् ।    

पक्राउ परेका सबैलाई रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.