प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : मुख्यमन्त्री कार्की

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २३, शुक्रबार १८:३०

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

विराटनगरमा विराटनगर ट्रक व्यवसायी संघको ३३ औँ वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार एक्लैले सबैथोक गर्न नसक्ने उल्लेख गरे । उनले सहकार्य गरेर अगाडि बढ्नका लागि सरकार तयार दोहोर्याए । ‘कोशी प्रदेश सरकारले सहकार्यकै मोडललाई ध्यान दिँदै काम गरिरहेको छ । ट्रक व्यवसायीसँग विराटनगरको पार्किङलाई व्यवस्थित गर्न समन्वय भइरहेको छ । पार्किङ व्यवस्थित गर्न २ करोड रुपैयाँ छुट्याइएको छ,’ कार्कीले भने ।

प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले सम्मेलनबाट प्रदेशमा लगानीको वातावरण बन्ने र निजी क्षेत्रसँगको सहकार्य पनि वृद्धि हुने उल्लेख गरे । प्रदेश सरकार सुशासन कायम गर्दै विकास र समृद्धितर्फ अगाडि बढेको र असारे विकासलाई निरुत्साहन गर्न समेत लागि परेको चर्चा गर्दै उनले गरे ।

कार्कीले सुशासनमार्फत समृद्धि हासिल गरिने बताए । उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्रमा साझेदारीमार्फत काम गर्न प्रदेशले चाहिरहेको उल्लेख गर्दै उनले व्यवसायीहरुलाई नयाँ–नयाँ क्षेत्रमा काम गर्न आग्रह गरे । ‘काममा सरकार पनि सँगसँगै हातेमालो गर्छ,’ उनले भने, ‘सहकार्य र हातेमालोको माध्यमबाट राष्ट्रिय पुँजीसमेत विकास गर्न सकिन्छ ।’
्
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकार यातायात क्षेत्रको सुधारमा लागि परेको बताए । कार्यक्रममा आफूहरुले भोग्नु परेको समस्याका बारेमा ट्रक व्यवसायीहरुले मुख्यमन्त्रीलाई अवगत गराएका थिए।

कार्यक्रममा ढुवानी व्यवसायी शम्भुप्रसाद भट्टराईले ढुवानीका क्षेत्रको समस्या सम्बोधन गर्नका लागि आग्रह गरे । व्यवसायी मेघराज सिग्देलका अनुसार अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ।

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.