नक्कली घुमुवा प्रहरी पक्राउ

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २४, शनिबार १३:५२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

रौतहट । नक्कली घुमुवा प्रहरी बनेर प्रहरीको नाम बेच्दै पैसा ठगी गरेको आरोमा १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले ‘घुमुवा हुँ’ भन्दै किसानसँग पैसा मागेको आरोपमा गरुडा नगरपालिका–८ बिर्ताका ४४ वर्षीय सदरे आलमलाई पक्राउ गरेको हो । रौतहट प्रहरीका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार गौर चन्द्रनिगाहपुर सडक खण्डअन्तर्गत बिर्ता चोकमा आलमले शुक्रबार दिउँसो घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकी पैसा मागेका थिए ।

प्रहरी चौकी बिर्ताबाट खटिएको प्रहरी गस्तीले उनलाई पक्राउ गरेको हो । आलमलाई हिरासतमा राखेर अनसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.