कानेपोखरीमा भजन प्रतियोगिताको तयारी

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २६, सोमबार १८:२६

विराटनगर । मोरङको कानेपोखरीमा भजन प्रतियोगिताको तयारी थालिएको छ । कानेपोखरी गाउँपालिकाको २ नम्बर वडा कार्यालयले भजन प्रतियोगिता गर्ने भएको हो ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष सुशील बुढाथोकीले भजन टोली र समूहहरुबीच जनचतेनामूलक भजन प्रतियोगिता गर्न लागिएको जानकारी दिए । भजन प्रतियोगिताका बारेमा जानकारी दिन सोमबार वडा कार्यालयले सूचना नै जारी गरेको छ ।

भजन प्रतियोगितामा सहभागी हुन इच्छुक रहेको समूहले सूचना जारी गरेको मितिले ७ दिनभित्र वडा कार्यालयमा निवेदन दिनुपर्ने छ । बुढाथोकीका अनुसार भजन विद्यालय शिक्षा र बालबालिकाको महत्व तथा अन्य जनचेतनामूलक हुनुपर्ने छ ।

भजन प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले ६ हजार ५ सय, तृतीय हुनेले ४ हजार र सान्त्वना स्थान हासिल गर्नेले २ हजार ५ सय रूपैयाँ नगद पुरस्कार पाउने छन् । वडाध्यक्ष बुढाथोकीले इच्छु समूह वा टोलीको निवेदन परेपछि भजन प्रतियोगिता आयोजना गर्ने मिति तय गरिने छ ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×