झापा घटनाका दोषीलाई कारबाही नभए प्रतिवादमा उत्रन्छौं : युवा संघ

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १९:२८

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले झापामा आफ्ना नेता कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको घटनाको यथार्थ सार्वजनिक गर्न माग गरेको छ ।

संघले छानबिन समिति बनाएर दोषीलाई आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाको तत्काल सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही नगरे संघ सशक्त प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

संघका केन्द्रीय कमिटी सदस्य एवं झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज), जिल्ला नेताहरू विश्वदीप राजवंशी र अजय खवासमाथि मंगलबार बिहानको राति करिब १ बजेतिर सांघातिक आक्रमण भएको थियो । इन्चार्ज आङ्देम्बेको अवस्था गम्भीर छ । उनको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । आङ्देम्बेलाई आईसीयूमा भर्ना गरिएको छ ।

‘व्यक्तिले निर्वाध तवरले जीवन जिउन पाउने अधिकारलाई कुण्ठित गरी ज्यानै मार्ने उद्देश्यले योजनावद्ध तवरले गरिएको आक्रमणको घोर निन्दा र भर्त्सना गर्दछौं । उपचाररत कमरेडहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ अध्यक्ष थेवेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको अराजकता, अशान्ति र आपराधिक गतिविधिको नियन्त्रण गर्नु कानुनी राज्यको कतव्य हो । घटनामा संलग्न अपराधीहरूलाई यथाशक्य पक्राउ गरी हदैसम्मको कारबाही गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।’

यस घटनालाई सामान्य रूपमा लिन नसक्ने बताउँदै थेबेले भने, ‘यो घटनापछि झापा जिल्लाको सुरक्षाका विषयमा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । सो घटनाको यथार्थ सार्वजानिक गर्न छानबिन समिति बनाई आवश्यक कारबाही अघि नबढाइए संघ सशक्त प्रतिवादमा उत्रन बाध्य हुनेछ ।’

प्रहरीका अनुसार घटना हेर्दा हत्या गर्ने योजनासहित आक्रमण भएको देखिन्छ । सुरुमा आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । उनको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ का खगेन्द्र खालिङले मंगलबार बिहानका राति १ बजेतिर आङ्देम्बेलाई घरमा बोलाएर आक्रमण गरेको घाइतेहरूले बताएका छन् । घरमा छिर्न खोज्दै गर्दा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ ।

राजवंशीलाई भने भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिदै गर्दा मोटरसाइकलमा रहेका ४ जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यसैबीच, घटनामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–४ का खगेन्द्र खालिङ रहेका छन् ।

उनले नै आङ्देम्बेलाई घरमा बोलाएका थिए । खालिङलाई बिर्तामोडबाट पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनामा अन्य युवाहरू समेत भएको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको उनको भनाइ छ । प्रहरी स्रोतका अनुसार घटनापछि अरु ४ जना युवाहरु फरार छन् ।

झापामा खुकुरी प्रहारबाट युवा संघका इन्चार्जसहित ३ जना घाइते

तपाइको प्रतिक्रिया
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
एकै महिनामा १२ हजारभन्दा बढी चालक कारबाहीमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.