झापामा खुकुरी प्रहारबाट युवा संघका इन्चार्जसहित ३ जना घाइते

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १०:४५

बिर्तामोड । झापाको बिर्तामोडमा युवा संघका जिल्ल इन्चार्जसहित ३ जनामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट तीनै जना घाइते भएका छन् ।

सांघातिक आक्रमणबाट राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज), विश्वदीप राजवंशी र अजय खवास घाइते भएका हुन् । युवा संघ इन्चार्ज आङ्देम्बेको अवस्था गम्भीर छ ।

बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । आङ्देम्बेलाई आईसीयूमा भर्ना गरिएको छ । हत्या गर्ने योजनासहित आक्रमण भएको बताइएको छ । सुरुमा आङ्देम्बेमाथि खुकुरी हानिएको हो । शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ का खगेन्द्र खालिङले मंगलबार बिहानका राति १ बजेतिर आङ्देम्बेलाई घरमा बोलाएको घाइतेहरुले बताएका छन् । घरमा छिर्न खोज्दै गर्दा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ ।

‘सुरुमा घरमा बोलाइएको पाइएको छ । घरमा छिर्नलाई ‘चेनगेट’ खोल्दै गर्दा आक्रमण गरेको पत्ता लाग्यो । आक्रमणमा कति जना संलग्न छन् भनेर यकिन भइसकेको छैन,’ प्रहरी स्रोतले भन्यो ।

राजवंशीलाई भने भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिदै गर्दा मोटरसाइकलमा रहेका ४ जनाले आक्रमण गरेको प्रहरीको भनाइ छ । आक्रमणमा संलग्न र घाइतेहरुबीच के विषयमा विवाद थियो भनेर यकिन भइनसकेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका इन्स्पेक्टर सन्तोष राईले बताए ।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकिरहेको छैन । इन्स्पेक्टर राईले आक्रमणमा संलग्नको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.