एसईईका लागि २७९ केन्द्र, ५,०८,३९० परीक्षार्थी

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार १५:५८

काठमाडौं । आगामी चैत ७ गतेबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)का लागि मुलुकभर २ सय ७९ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

यसवर्ष ५ लाख ८ हजार ३ सय ९० जना परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । परीक्षार्थीहरुले तोकिएको केन्द्रबाट परीक्षा दिन पाउने छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई, २०८१ को सबै तयारी पूरा भएको जनाएको छ । प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेको बोर्डले जनाएको छ । बोर्डका अनुसार केही ठाउँमा पुग्ने क्रममा छ ।

एसईई परीक्षा सञ्चालका लागि जिल्ला–जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण भइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षा सञ्चालनका लागि सम्बन्धित जिल्लाका सुरक्षा निकायले सुरक्षा व्यवस्था मिलाउने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.