मोरङको रंगेलीमा छोराले गरे बाबुमाथि चक्कु प्रहार, अवस्था गम्भीर

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार २१:१४

विराटनगर । मोरङको रंगेलीमा १ जना युवाले आफ्नै बाबुमाथि चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट बुवाको अवस्था गम्भीर बनेको छ ।

रंगेली नगरपालिका–७ का ३५ वर्षीय अशोक चौधरीले बुवा ६१ वर्षीय चन्देश्वर चौधरीलाई सोमबार दिउँसो ४ बजेतिर चक्कु प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरयासी विवादका क्रममा छोराले बाबुमाथि चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुबीचमा कस्तो खालको घरयासी विवाद थियो भनेर प्रहरीले खुलाएको छैन ।

छोराले चक्कु प्रहार गर्दा चन्देश्वरको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको डीएसपी जोशीले बताए । उनका अनुसार बुवालाई चुक्क प्रहार गर्ने अशोकलाई चुक्कसहित पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.