
काठमाडौं । प्रहरीले काठमाडौंको झोरबाट २५ करोड १९ लाख २४ हजार बराबरको विदेशी मुद्रासहित पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।
सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा ना ७ ख १६५२ ट्रक र एक व्यक्तिसहित २५ करोड १९ लाख बराबरकाे विदेशी मुद्रा बरामद गरेको थियो ।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका– १ का कुशाङ लामा रहेका छन् । उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए ।
काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

























