विद्यार्थी परिषद् कोशीको अध्यक्षमा रावत सर्वसम्मत

Share this
827shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ६, बुधबार ०८:१९

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज रावत निर्वाचित भएका छन् ।

चितवनको भरतपुरमा सम्पन्न दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौं प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्ष भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदीप खतिवडा चयन भए ।

प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह–छात्रा प्रमुखमा भावना गुरुङ र पेमा शेर्पा निर्वाचित हुँदा जनजाति कार्य प्रमुखमा मौसम राई चयन भएका छन् । अधिवेशनबाट मिडिया प्रमुखमा मोहन ढकाल, व्यवस्थापन प्रमुखमा मनिप ओझा, सह–सचिवमा अभिषेक पोख्रेल, सुदीप बस्नेत, बिन्दु ढुंगाना र नगेश राई निर्वाचित भएका छन् ।

सदस्यहरूमा जीवशप्रसाद शाह, मनोहर पौडेल, सौरभ पोख्रेल, सञ्जीव तामाङ, मनिष थापा, साजन मगर, दीक्षा मगर, सुरेश लिम्बू, गुनशा लिम्बू, रिंकी गुप्ता, अस्मिता शर्मा, युनिसा दाहाल, दिपेश थापा, सुरज खड्का, सुजता तामाङ, एलिसा मङ्ग्राती र मनिका तामाङ निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट राष्ट्रिय उपाध्यक्षमा चिन्तामणि बस्नेत तथा राष्ट्रिय सचिवमा मुना विष्ट र जितेन लोहार निर्वाचित भए । केन्द्रीय सदस्यमा पूजा ढुंगाना, प्रेम कार्की, कुमार पौडेल, फुरी शेर्पा, युवराज गुरागाईं, कृष्ण गिरी र रचन श्रेष्ठ निर्वाचित भएका छन् ।

परिषद्को राष्ट्रिय कार्यकारिणी समितिमा अध्यक्ष डा. दयाराम भुसाल र महा–सचिव दिनेश कार्कीसहित ९० जना सर्वसम्मत निर्वाचित भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.