
काठमाडौं । गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिव र उपसचिवको सरुवा गरेको छ ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को रूपमा पठाइएको छ । कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ ।
सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा ल्याइएको छ । उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेको पर्वत सरुवा भएको छ । प्रेमप्रसाद लुइटेल उदयपुर आएका छन् ।


























