विराटनगर । मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एलिस ओझा निर्वाचित भएका छन् । उनी एमाले मोरङका नेता तथा पूर्वसांसद राजकुमार ओझाको छोरा हुन् ।
एलिसले स्ववियु जितेको क्याम्पसमा राजकुमार तीन कार्यकाल लगातार सभापति निर्वाचित भएका थिए ।
एलिसले २९९ मतान्तरका साथ नेविसंघका विजय ओझालाई पराजित गरेका हुन् । एलिसले ९८५ मत प्राप्त गरे । विजयले ६८६ मत प्राप्त गरेका थिए । कोषाध्यक्षबाहेक सबै पदमा अनेरास्ववियुका उमेदवार निर्वाचित भए । कोषाध्यक्षमा नेविसंघकी सविना थापा निर्वाचित विजयी बनेकी छन् ।
२०४९ मा उनका बुबा राजकुमार स्ववियुका उपसभापति थिए । २०५१, २०५३ राजकुमार स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
राजकुमार २०७४ मा कोशी प्रदेश सभा सदस्य बनेका थिए ।
एमालेको १० औं जिल्ला अधिवेशनमा उनी विनोद ढकाल समूहका उम्मेदवार अजम्बर राईसँग पराजित भएका थिए ।