एसईई शैक्षिक क्षेत्रको उत्सव र राम्रो जनशक्ति उत्पादन गर्ने ढोका हो : योगेश भट्टराई

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र ७, बिहीबार ०७:१४

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालको शिक्षा प्रणाली सुधार गर्नु राष्ट्रिय चुनौती भएको बताएका छन् ।

आज (बिहीबार) बाट सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्दै भट्टराईले देशमा राम्रो जनशक्ति उत्पादन गर्ने मुख्य ढोका नै एसईई भएकाले यसलाई शैक्षिक क्षेत्रको उत्सवका रूपमा लिनुपर्ने बताए । ‘यो परीक्षा भनेको शैक्षिक क्षेत्रको उत्सव पनि हो । सहभागी सबै विद्यार्थीहरु राम्रो अंक प्राप्त गर्न सफल हुनुहोस् । म सफलताको शुभकामना व्यक्त गर्दछु,’ भट्टराईले भनेका छन् ।

Advertisement

उनले पछिल्लो समय नेपालको शैक्षिक गुणस्तर खस्किरहेको बताउँदै परीक्षा प्रणाली र प्रश्न पत्र लगायतका कतिपय अवस्थाको पुर्नविचार गर्न आवश्यक रहेको पनि उल्लेख गरेका छन् । विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा समितिमा विचाराधीन अवस्थामा रहेकाले यसलाई अघि बढाउने सिलसिलामा शिक्षा प्रणालीभित्र धेरै सुधार गर्नुपर्ने विषयमा ध्यान दिने उनले बताए ।

‘विद्यालय शिक्षा भनेको महत्वपूर्ण जग हो । यो जगबाट नै राम्रा विद्यार्थी उत्पादन गर्ने हो । यसमा शिक्षा मन्त्रालय, शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘यस भित्र रहेका समस्या समाधान गर्न अब शिक्षा विधेयक अघि बढ्दा हामी छलफल गर्नेछौं ।’ यसपटकको एसईई परीक्षामा एचआईभी संक्रमितहरु पनि सहभागी रहेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका भट्टराईले यो साहसले समाजमा उनीहरूलाई सम्मानजनक स्थान प्राप्त गर्न सहज हुने बताए ।

भने, ‘एचआईभी संक्रमित भएपछि समाजमा निराश भएर बस्ने अवस्था थियो । तर, अहिलेको परीक्षामा आफ्नो आत्मविश्वास बढाउँदै सहभागी हुनुभएको छ । उहाँहरूको यस्तो आँटले समाजमा सम्मानजनक स्थान प्राप्त हुन्छ ।’ भट्टराईले परीक्षाको सुरक्षा र परीक्षा सफल बनाउन खटिने सबैलाई शुभकामना व्यक्त गर्दै उच्च मनोबलका साथ लाग्न आग्रह पनि गरेका छन् । बिहीबारबाट सुरु भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी छन् ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.