विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा कोशी प्रदेशबाट ८० हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।
यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ । पोहोर अर्थात २०८० को एसईईमा ४ लाख ६४ हजार ७ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए । यस्तै, यसवर्ष परीक्षार्थी संख्या पोहोर भन्दा ४९ हजार २ सय ८६ जना बढी हो ।