यस्तो छ आजको मौसम, ५ प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Share this
818shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार ०६:३५

काठमाडौं । मुलुकका विभिन्न ५ प्रदेशमा आज (शुक्रबार) चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

देशमा हाल पश्चिमीका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । जसका कारण कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, लुम्बिनी, मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानलगायत बाँकी पहाडी भू–भागका १–२ स्थानमा राति चट्याङसहित हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । चट्याङसहित हल्का वर्षाको तथा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.