मासुका लागि इलाममा काटियो जिउँदो गोरुको फिला

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १४:५४

विराटनगर । इलाममा मासुका लागि जिउँदो गोरुको फिला काटेको घटना बाहिर आएको छ ।

इलामको सूर्योदय नगरपालिका- ६ कन्याममा गोठमा बाँधिएको गोरुको फिला काटेको घटना बाहिर आएको हो ।

गोरुको एकापाटा फिलाको भाग काटिएको छ । हड्डीसम्म खुर्किएर करिब चार किलो मासु निकालेर लगेको स्थानिय संचारकर्मी गोपाल गिरीले बताएका छन् ।

गोरु स्थानिय राम राईले पालेका थिए । सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि गोरुको फिलाको मासु काटेको उनले बताए । गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको थियो ।

यसअघि पनि उनको गोठको अर्काे गोरुको फिला काटिएको थियो ।

आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.