
विराटनगर । घाँस झार्ने क्रममा काभ्रोको रूखबाट लडेर संखुवासभाको खाँदबारीमा शनिबार १ जनाको मृत्यु भएको छ ।
खाँदबारी नगरपालिका–१० हेलुवाका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार राई घाँस काट्नलाई घरनजिकको काभ्रोको रूपमा चढेका थिए ।
घाँस काट्ने क्रममा रुखबाट खसेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।
उपचारकै क्रममा दिउँसो २ः४५ बजेतिर मृत्यु भएको डीएसपी बस्नेतले बताए । शव खाँदबारी अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

























