
काठमाडौं । अमेरिकी सरकारले रोकिएको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसीं) अनुदान परियोजनाको काम अघि बढाउन अनुमति दिएको छ । अनुमति आएपछि एमसीए नेपालले काम सुरु गरेको छ ।
‘अमेरिकी सरकारले विदेश सहयोगको समीक्षा गरिरहेको अवस्थामा एमसीसीको नेपाल कम्प्याक्ट अन्तर्गतका केही काम पुनः सुरु गर्न अनुमति दिएको छ,’ एमसीए नेपालले जारी गरेको सूचनामा छ ।
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्य अघि बढेको एमसीए–नेपालले जनाएको छ ।
यसअघि २ फागुन २०८१ मा एमसीसीले नेपाल सरकारलाई इमेल गरी वैदेशिक सहायता पुनर्मूल्यांकन तथा पुनर्संरचना गर्ने डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि एमसीसीबाट हुने खर्च स्थगन गर्न भनेको थियो । अब भने एमसीसी अनुदानले निरन्तरता पाउने बताइएको छ ।

























