
विराटनगर । विराटनगर –९ स्थित विराट क्याम्पस (सोम्स)ले आयोजना गरेको वत्तृmत्वकला प्रतियोगितामा आसिक यादव प्रथम भएका छन् ।
क्याम्पसले आन्तरिक विद्यार्थीहरुबीच ‘मेरो देश, मेरो गौरव’ भन्ने शीर्षकमा आयोजना गरेको प्रतियोगितामा ३२ जना विद्यार्थीलाई पछि पार्दै यादव प्रथम भएका हुन् । सन्देश सार्की द्वितीय र प्रिती यादव तृतीय भए ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायक टोलीमा प्रशान्त निरौला र नवरतन शर्मा रहेका थिए ।
विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै अतिरिक्त ज्ञानले उनीहरुको बौद्धिक क्षमताको विकासमा थप ऊर्जा थप्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले बताए ।
विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

























