
काठमाडौं । देशमा आज (बुधबार) पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ।
देशको पहाडी भू–भागमा दिउँसो आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको केही स्थानमा चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
विभिन्न प्रदेशमा चट्याङसहित हल्का वर्षा र उच्च पहाडी एवं हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भाना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने जनाइएको छ ।

























