नेपालसहित २४ देशका आरोहीले लिएर हिमाल आरोहणको अनुमति

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार ०७:२०

काठमाडौं । यसवर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि नेपालसहित विभिन्न २४ देशका आरोहीले अनुमति लिएका छन् ।

यसवर्षको आरोहण अनुमति दिन थालिएसँगै अन्नपूर्ण–१ सहित विभिन्न हिमाल आरोहणका लागि ८ आरोही समूहका १८ महिला र ४० पुरुषसहित ५८ जनाले आरोहण अनुमति पाएका हुन् । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि पनि अनुमति दिने तयारी भइरहेको उनले बताए । सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतको काम गरिरहेका छन्।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। सगरमाथा आरोहणका लागि ठूलो संख्यामा विदेशी पर्यटक आउने गरेका छन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ। सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली परिचालन गरेको हो ।

वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.