
काठमाडौं । कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज (बिहीबार) वर्षा एवं हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको हो । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
साथै, कोशी र गण्डकी प्रदेशका केही भागमा चट्याङसँगै हल्का वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

























