
काठमाडौं । स्थानीय प्रशासनले काठमाडौंकाे तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेकाे छ ।
राजावादी प्रदर्शनकारीकाे आन्दोलन अराजक बनेपछि कर्फ्यु जारी गर्ने भएको हाे ।
शान्तिनगर पुलदेखि तीनकुने, काेटेश्वर, जडिबुट्टी हुँदै मनाेहरा पुलसम्म कर्फ्यु जारी गरेकाे हाे ।
तीनकुने क्षेत्रमा केही बेरअघि सुरक्षाकर्मीले कर्फ्यु लाग्ने भन्दै प्रदर्शनकारीलाई आफ्नाे घरमा जानका लागि सूचना जारी गरेका छन् ।


























