
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले कोटेश्वरमा रहेको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेको छ ।
तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले भाटभटेनीमा तोडफोड र लुटपाट गरेको हो ।
भाटभटेनीका सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको समूहले लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको भाटभटेनी सुपरस्टोरले जनाएको छ ।
सोही समूहले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी गरेको छ ।

























