गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक जारी

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार १७:२७

काठमाडौं । गृह मन्त्रालयमा आकस्मिक सुरक्षा सम्बन्धी बैठक बसिरहेकाे छ । देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शनलाई तीव्र बनाएसँगै उत्पन्न सुरक्षा चुनौतीको समीक्षा गर्न यो बैठक आयोजना गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकमा गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

स्रोतका अनुसार, बैठकमा हालको प्रदर्शनको प्रकृति, यसले निम्त्याउन सक्ने सम्भावित जोखिम र शान्ति-सुरक्षा कायम राख्न आवश्यक रणनीतिबारे गहन छलफल भइरहेको छ ।

प्रशासन सिँहदरवारको एक विशेष स्रोतले दिएको जानकारीअनुसार, बैठकमा प्रदर्शनको समीक्षा गर्दै तत्काल र दीर्घकालीन योजनाहरू तय गर्ने प्रयास भइरहेको छ ।

प्रदर्शनकारीहरूको गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्ने, भीड व्यवस्थापन कसरी गर्ने र संवेदनशील क्षेत्रमा थप सुरक्षा सतर्कता कायम गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ ।

यसैबीच, राजधानी काठमाडौँका केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच तनावको स्थिति सिर्जना भएको खबर प्राप्त भएको छ ।

यस्तो अवस्थामा सरकारले स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्न सक्ने संकेत पनि बैठकबाट आउन सक्ने अनुमान गरिएको छ । बैठकको निष्कर्षले आगामी दिनमा सुरक्षा रणनीति कस्तो हुने भन्ने कुराको निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.