
काठमाडौं । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपासमा आगो लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै उडानहरू रोकिएका छन् ।
प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको बताइएको छ ।
अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । आन्तरिक उडान भएका छैनन् ।

























