दुर्घटनामा प्रहरीसहित ३ जना घाइते

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार ०६:४८

विराटनगर । सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ मा २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा प्रहरीसहित ३ जना घाइते भएका छन् ।

मानेभज्याङबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ६७ प ७०८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०५१ प २९६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शुक्रबार दिउँसो १२ः३० बजेतिर दुर्घटनामा भएको हो । दुर्घटनामा परेर २९६७ नम्बरको मोटरसाइकल चालक भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–७ घर भइ ओखलढुंगामा कार्यरत प्रहरी हवल्दार ४१ वर्षीय अम्बिका श्रेष्ठ घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा दरबन्दी भएका श्रेष्ठ जिल्ला अदालतमा ओखलढुंगामा कार्यरत रहेको जनाइएको छ । त्यस्तै, दुर्घटनामा ७०८७ नम्बरको मोटरसाइकल चालक मानेभञ्ज्याङ–५ का २३ वर्षीय कैलाश पुरी र पछाडि सवार ओखलढुंगाको सुनकोशी गाउँपालिका–४ घर भएका १३ वर्षीय बालक योगेश मगर घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य छ । घाइतेहरुको मानेभञ्ज्याङस्थित जेम्स मेडिकलमा उपचार भइरहेको छ । ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.