आज खण्डग्रास सूर्यग्रहण, नेपालमा नलाग्ने

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार ०७:०३
सांकेतिक तस्बिर ।

काठमाडौं । खण्डग्रास सूर्यग्रहण आज (शनिबार) दिउँसोदेखि लाग्दै छ । नेपाली समय अनुसार दिउँसो २ः३५ बजेदेखि सुरु हुने सूर्यग्रहण साँझ ६ः२८ बजेतिर सकिने छ ।

यो सूर्यग्रहरण सन् २०२५ को पहिलो हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार खण्डग्रास सूर्यग्रहण नेपालमा भने लाग्ने छैन ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सूर्यग्रहण नेपालमा नलाग्ने र नेपालबाट नदेखिने पनि बताए । क्यामेराबाट लाइभ हेर्न सकिए पनि नेपाली भू–भागबाट भने यो नदेखिने उनको भनाइ छ ।

भारतबाट पनि देखिने छैन । युरोप, नर्थ एसियामा रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका, उत्तरी अमेरिका, क्यानडा र ग्रिनल्यान्डलगायतका केही देशबाट भने देख्न सकिने भट्टराईको भनाइ छ । क्यानडा र ग्रिनल्यान्डका भने केही स्थानबाट मात्रै देख्न सकिने उनले बताए ।

उनका अनुसार नेपालमा नलाग्ने भएकाले सांस्कृतिक र धार्मिकरूपमा पनि यसको कुनै किसिमको प्रभाव पर्ने छैन । आजको सूर्यग्रहण नेपालमा नलाग्ने हुँदा गर्न हुने र नहुने कामको कुनै अर्थ नहुने जानकारी भट्टराईले दिए ।

चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यग्रहण लाग्ने गर्छ । पृथ्वीबाट हेर्दा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकेको हुन्छ । चन्द्रमाको छाया परेको ठाउँमा अँध्यारो वा अन्धकार हुनुलाई सूर्यग्रहण भनिन्छ ।

चन्द्रमा हरेक महिना पृथ्वी र सूर्यको बीचमा आउँछ । तर, सूर्यग्रहण हुनलाई विशेष अवस्था मिल्नुपर्ने जानकारहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.