
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।
प्रशासनका अनुसार आज (शनिबार) बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको हो । राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेसँगै प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाएको थियो ।
सुरुमा शुक्रबार राति १० बजेसम्म र त्यसपछि आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएकोमा हटाइएको छ ।


























