सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गरिने, ७ सदस्यीय समिति गठन

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार १४:५३

काठमाडौं । राजावादीले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मीको मृत्यु भएको र सञ्चारगृहमाथि आक्रमण गरेको घटनाको छानबिन गर्न नेपाल पत्रकार महसंघले समिति गठन गरेको छ ।

घटनाको अध्ययन गर्न नेपाल पत्रकार महासंघले बिहीबार ७ सदस्यीय समिति गठन गरेको हो । काठमाडौंमा उपलब्ध महासंघका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा महासंघका ६ जना सचिवहरु सदस्य रहेका छन् । समितिमा महासंघका सचिवहरु रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन रहेका हुन् ।

समितिले आज (बिहीबार)बाटै काम सुरु गर्ने छ । सञ्चारगृहमा गएर अध्ययन गर्न थालिने संयोजक बागचन्दले बताए । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने छ । समितिले घटना के, कसरी भयो ? अब महासंघ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ ।

पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा प्रर्दशन गरेका थिए । आगजनी र तोडफोड गर्दै प्रदर्शनलाई हिंसात्मक बनाइएको थियो । राजावादी समूहको उग्र प्रदर्शनले तीनकुने क्षेत्र रणमैदान बनेको थियो ।

प्रदर्शनकारीले आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए । अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनीको प्रयास गरिएको थियो ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.