दमकमा आफ्नै घरबाट लडेर वृद्धको मृत्यु

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार १५:०३

विराटनगर । झापाको दमकमा आफ्नै घरबाट लडेर १ जना वृद्धको मृत्यु भएको छ ।

दमक नगरपालिका–५ का ८१ वर्षीय टेकबहादुर गुरुङको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आफ्नै अढाई तले पक्की घरको छतबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तानो परेको अवस्थामा आज (शनिबार) बिहान शव फेला परेको भनेर छोरा विके गुरुङले प्रहरीलाई घटनाको जानकारी दिएका थिए । घरको पूर्वतर्फको खाली ठाउँमा बिहान ५ बजेतिर शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ । डीएसपी तिमल्सिनाकै टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.