विराटनगरमा पत्रकारले गरे प्रदर्शन

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार १९:२९

विराटनगर । समाचार संकलनका क्रममा पत्रकारको हत्या भएको र सञ्चारमाध्यममा आक्रमण गरिएको घटनाको विरोध गर्दै विराटनगरमा पत्रकारले शनिबार प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा पत्रकारले प्रदर्शन गरेका हुन् । राजावादीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण काठमाडौंमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएपछि जलेर शुक्रबार उनको मृत्यु भएको हो । घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारबाहीको माग राखेर पत्रकार महासंघले प्रदर्शन गरेको हो ।

महासंघ मोरङको कार्यालयबाट सुरु भएको विरोध र्याली विराटनगरको महेन्द्र चोक, महावीर चोक, मेन रोड हुँदै ट्राफिक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीका अनुसार प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने, पत्रकारका हत्यारलाई कारबाही गर्नुपर्ने, पीडित पत्रकारलाई क्षतिपूर्ति दिनुपर्ने, मिडिया हाउसमा आक्रमण बन्द गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर प्रदर्शन गरिएको हो ।

प्रदर्शनपछिको विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकार महासंघले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर आन्दोलन सुरु गरेको जानकारी दिए । ‘पत्रकार महासंघ ७० औं स्थापना दिवस मनाउने तयारीमा थियो । तर, सबै कार्यक्रम स्थगित गरेर आन्दोलनमा उत्रनुपर्ने अवस्था आयो,’ उनले भने ।

पत्रकार महासंघले मरिसकेको राजतन्त्र ब्युँताउनलाई समर्थन गर्न नसक्ने रिमालको भनाइ छ । उनले मृतक पत्रकार सुरेश रजकले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए । भने, ‘हजारौं पत्रकार सुरेश बन्न तयार छन् । तर, आन्दोलन रोकिँदैन ।’

नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले एउटा श्रमजीवीलाई निर्मम तरिकाले मार्नु अति नै पीडादायी भएको बताइन् । ‘श्रमजीवीको पसिनाको मूल्य हामीलाई थाहा हुन्छ । अबको दिनमा कोही पनि सुरेश रजक बन्न नपरोस् । मिडियामाथिको आक्रमण सहन सक्दैनौं । सुरेशको न्यायका लागि लडिरहन्छौं । आन्दोलन निरन्तर अघि बढ्छ’ पाठकले भनिन् ।

पत्रकारको हत्या र मिडियामाथिको आक्रमणको विरोधमा पत्रकार महासंघको आह्वानमा शनिबार देशभर प्रदर्शन भएको छ । पत्रकार महासंघको टोलीले आक्रमणमा परेका सञ्चारमाध्यमको स्थलगत अनुगमनसमेत गरेको छ ।

पत्रकार महासंघको नेतृत्वमा गरिएको प्रदर्शनमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सञ्चारिका समूह, मधेसी पत्रकार संघ, थारू पत्रकार संघ नेपाललगायत पत्रकार सम्बद्ध संघ संस्थामा आबद्ध पत्रकारहरु सहभागी भएका थिए । पत्रकार रजकको परिवारलाई उचित क्षतिपूर्ति र न्याय दिनुपर्ने माग पत्रकारका नेताहरुले राखेका छन् ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.