अमेरिकाले निकाला गरेका ३ जना भुटानी शरणार्थी झापाबाट पक्राउ

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १६, शनिबार १९:४३
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापा । झापाबाट ३ जना भुटानी शरणार्थी शनिबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुलाई अमेरिकाले देश निकाला गरेको थियो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दमक नगरपालिका–३ बेलडाँगी शिविर बस्ने गरेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुलाई बेलडाँगी शिविरबाट पक्राउ गरेको जानकारी खड्काले दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा अमेरिकाले देश निकाला गर्दै भुटान फिर्ता पठाएकाे थियाे । भुटान पुगेका उनीहरुलाई भुटान सरकारले भारतसँगकाे सीमामा ल्याएर छाडिदिएकाे थियाे । त्यसपछि उनीहरु भुटानी शरणार्थी शिविरमा आएका थिए ।

भारतमा रहेका भुटानीहरु नेपाल प्रवेश गर्न खोजिरहेका छन् । त्यो सूचना पाएलगत्तै स्थानीय प्रशासनले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाइ गर्न थालेको छ । पक्राउ परेका तीन जना भुटानी शरणार्थीलाई आवश्यक अनुसन्धान एवं कारबाही लागि अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाइसकेको जानकारी डीएसपी खड्काले दिए ।

भारतले समेत भुटानी शरणार्थीलाई त्यहाँ शरण नदिने भएको छ । भारतले बस्न नदिने भएपछि भुटानी शरणार्थीहरु विभिन्न चोर बाटो हुँदै नेपाल प्रवेश गर्न खोजिरहेको सुरक्षा विश्लेषण छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.