निर्मल निवासमा जरिबानाको पत्र नबुझाइकन फर्कियो काठमाडौं महानगरको टोली

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १७, आइतबार ११:०७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिबानको पत्र बुझाउन गएको काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।

गेटबाटै फर्काइएपछि महानगरको टोली जरिबानाको पत्र नबुझाइकन फर्किएको छ । पत्र बुझाउनका लागि टोली निर्मल निवास गेटमा पुगेको थियो । टोलीलाई प्रहरीले गेटमै रोक्यो ।

निर्मल निवास छिर्न नदिइकन प्रहरीले गेटबाटै फर्काइदिएको हो । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिबाना तोकेर पत्र काटेको छ । तीनकुने क्षेत्रमा शुक्रबार राजावादीले हिंसात्मक प्रदर्शन गर्दैै तोडफोड र आगजानी गरेका थिए ।

महानगरले प्रदर्शनका क्रममा फोहोरमैला, बोट बिरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिबाना तिर्नुपर्ने भन्दै पूर्वराजालाई विभिन्न शीर्षकमा जरिबानाको ८ वटा पत्र काटेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रूपैयाँ जरिबाना तिर्न पत्राचार गरिएको थियो ।

पूर्वराजालाई तोकिएको जरिबानाबापतको रकम तिर्नका लागि विदेशमा रहेका राजवादीले उतै आर्थिक संकलन गर्न थालेका छन् । विदेशमा रहेका राजसंस्थाका समर्थक नेपालीहरुले स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग गर्न थालेको दाबी सामाजिक सञ्जालमा गरिएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.