महावीर पुनलाई विराटनगर महानगरको सम्मान

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १७, आइतबार १९:२७

विराटनगर । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ ।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अविर र महानगरको लोगो लगाइदिएर सम्मान गरेका छन् ।

कार्यक्रममा मेयर कोइरालाले पुनले सञ्चालन गरेको अभियानमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरले बोलाएर सम्मान गरेकोमा धन्यवाद दिँदै पुनले आफू नबोलाएको ठाउँमा कहिल्यै नजाने उल्लेख गरेका छन् ।

पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ संकलन भइसकेको उनको भनाइ थियो । जसरी पनि कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने उद्घोषण पुनले गरेका छन् । राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको २ वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरु उत्पादन गर्ने उनले जानकारी दिए ।

कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिने छ । कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको पुनले जानकारी दिए ।

कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत ढुंगेल, वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख, कर्मचारीहरुले व्यक्तिगत रुपमा पुस्तक खरिद गरेका छन् । महानगरले संस्थागत रुपमा २ लाख रुपैयाँ बराबरको पुस्तक खरिद गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.