पहिलो पटक एकीकृत समाजवादीको कार्यालय पुगे प्रधानमन्त्री ओली

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १८, सोमबार १४:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । आइतबार दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री ओली आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका हुन् । उनले चैत १५ गते राजावादीले कायालयमा गरेको क्षतिको अवलोकन पनि गरे ।

प्रधानमन्त्री ओली पुग्दा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल, पूर्वएमाले नेता भीम रावललगायतका नेताहरू थिए । प्रधानमन्त्री ओलीले नेताहरुसँग केही समय भलाकुसारी पनि गरे ।

नेकपा एमालेबाट विभाजित भएर २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । सुरुमा नेकपा एकिकृत समाजवादी पार्टीको अस्तित्व स्विकार गर्न नमानेका ओली लेखक कोइरालाको श्रद्धान्जलीका लागि पुगे ।ओलीको आलोकनगर प्रवेशसँगै दुई दलबीच सम्बन्ध सुधारको अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.